संविधानविपरीत गण्डकी प्रदेशमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा

पोखरा । संविधानविपरीत गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा प्रदेशसभामा भएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । तर, सभामुख कृष्ण धितालले खगराजले मागेको विश्वासको मतको पक्षमा ३० मत परेको र आफ्नो मत सुरक्षित रहेको भन्दै विश्वासको मत पाएको घोषणा गरेका हुन् । यो घोषणा संविधानको धारा १८८ ले विश्वासको मत पाउन सम्पूर्ण सदस्य संख्याको बहुमत पाउनुपर्छ भनेको छ ।

उपधारा ३ मा भनिएको छ, बमोजिम पेस भएको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ । तर यही व्यवस्थालाई उल्लंघन गर्दै सभामुखले बहुमत पाएको घोषणा गरेका हुन् । अधिकारीलाई एमालेका २३, माओवादीका सात (नेसपाका फणिन्द्र देवकोटासहित) र दीपक मनाङे (राजीव गुरुङ)ले मत दिए । विपक्षमा कांग्रेसको २७ मत पर्‍यो भने दुई सांसद रहेको राप्रपा तटस्थ बसे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *