हिमालयन ह्वाइट हाउसका शिक्षक र विद्यार्थी भारतमा

काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका विद्यार्थी र शिक्षक भारत भ्रमणमा गएका छन् । विश्वविद्यालयको अनुभव प्रदान गर्ने उद्देश्यले शिक्षक र विद्यार्थी भ्रमणमा गएको कलेजले जनाएको छ । भारतको जिएलए विश्वविद्यालयले काठमाडौं पुतलीसडकमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका विद्यार्थीलाई भ्रमणमा बोलाएको हो । कलेजका अनुसार विश्वविद्यालयको भ्रमणमा बिई तहको सिभिल इन्जिनियरिङ अध्ययन गर्ने दुई जना र बिटेक इन बायोटेक्नोलोजी अध्ययन गर्ने दुई जना विद्यार्थी सहभागी भएका छन् ।

यस्तै शिक्षकको तर्फबाट सिभिल इन्जिनियरिङको विभागीय प्रमुख र बिटेक इन बायोटेक्नोलोजीका विभागीय प्रमुख सहभागी भएका छन् । विश्वविद्यालय र कलेजले गतवर्ष एकआपसमा शिक्षा र प्रविधिको अनुभव आदानप्रदान गर्नका लागि सहमति गरेअनुसार शिक्षक तथा विद्यार्थीहरू भ्रमणमा गएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताए । उनका अनुसार भ्रमणमा गएको टोलीले ६ दिनसम्म विश्वविद्यालयको भ्रमण गरेर उच्च शिक्षामा प्रयोग भएको प्रविधि र शैक्षिक कार्यक्रमहरूको अनुभव प्राप्त गर्नेछन् । विश्वविद्यालयको तर्फबाट गएको बिहीबार विश्वविद्यालयका एकेडेमिक इनिसिएटिभ भाइस प्रेजिडेन्ट सबिलाल छतर्जी र विश्वविद्यालयकै एकेडेमिक इनिसियटिभ सहायक म्यानेजर अतिफ अतिक सिद्धिकी कलेज भ्रमणमा आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *