जनता समाजवादीको चुनाव चिह्न कस्सिएको मुठी

काठमाडौं । आज निर्वाचन आयोगबाट अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलको चुनाव चिह्न कस्सिएको मुठी राखिएको छ । दर्ता भएको दलको चुनाव चिह्न कस्सिएको मुठी रहेको सांसद तथा पार्टीकी उपाध्यक्ष सुशीला श्रेष्ठले जानकारी दिइन् । आयोगले जनता समाजवादी पार्टी, नेपालबाट विभाजित बनेको जनता समाजवादी पार्टीलाई आज दर्ताको प्रमाणपत्र दिएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन गरी राईले प्रतिनिधिसभाका सात सांसदसहित आइतबार दल दर्ताको निवेदन दिएका थिए । आयोगले २४ घण्टा पनि नपुग्दै दर्ताको प्रमाणपत्र दिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *