जापानी परिकार सुन्दरीको काखीमा दलेको भातको डल्ला

ओनिगिरी अर्थात् त्रिकोणाकार भातको डल्ला चर्चित जापानी परिकार हो । हुुनत हामी नेपालीहरुको खानामा भातको अभिन्न हिस्सा छ । तर जापानीहरु भने भातको डल्लाको मामिलामा हामीले कल्पना पनि गर्न नसक्ने तहसम्म पुगेका छन् । वास्तवमा जापानमा युवतीको काखीमा दलेको भातको डल्ला खाने चलन बढेको छ । ‘आर्मपिट ओनिगिरी’ अर्थात् काखीमा दलेको भातको डल्ला अहिले जापानमा केवल कुनै फिल्म वा कथाको विषय मात्र रहेन । यस्तो खालको परिकार खुवाउने रेष्टुुरेन्टहरु नै खुलेका छन् र मानिसहरुले घरमै पनि काखीमा दलेको भात खान थालेका छन् । अनौठो त के भने काखीमा दलेको त्यस्तो भातको डल्लाको मूल्य रेष्टुरेन्टहरुमा आम भातको डल्ला भन्दा १० गुणासम्म धेरै हुने गरेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार जापानी रेष्टुरेन्टहरुमा बेचिने त्यस्तो भातको डल्ला दल्नका लागि सुन्दरी युवतीहरुको काखी प्रयोग गरिन्छ । सुरुमा उनीहरुको काखीलाई सफा गरेर जिवाणु रहित बनाइन्छ । त्यसपछि उनीहरुले केही व्यायाम गरेर पसिना निकाल्छन् । त्यसपछि त्यहीँ असिनपसिन काखीको सहयोगमा युवतीहरुले भातका डल्ला बनाउँछन् । कतिपय रेष्टुरेन्टहरुले यसरी युवतीको काखीमा दलेर भातको डल्ला बनाउने पूरै प्रक्रिया नै गर्वसाथ देखाउँछन् र त्यो हेर्नका लागि ग्राहकलाई भान्सासम्मै जान दिन्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *