माँ बंगलामुखी उपभोक्ताको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिका ११, शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालित माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाको आय‍ोजनामा ललितपुरको कोन्तीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस स‍‍ोसाइटी, केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा ३६ जना रक्तदाताले रक्तदान गरेका थिए ।

रक्तदाताहरुलाई सो संस्थाका अध्यक्ष अधिबक्ता लक्ष्मण महर्जन लगायतले प्रमाणपत्र प्रदान गर्नुभयो । ‘स्थानीय समुदायमा आधारित रहेर सुशासन कायम गरी सञ्चालन भइरहेको हाम्रो यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आय‍ोजना गरेको हो’ संस्थाका व्यवस्थापक सुनिल महर्जनले बताउनुभयो ।

यो संस्थाले समय समय विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *