वैज्ञानिकहरुले पत्ता लगाए प्लास्टिक खाने ब्याक्टेरिया

वैज्ञानिकहरुले आफैं नष्ट हुने प्लास्टिकको विकास गरेका छन् । यसले प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्ने वैज्ञानिकहको भनाइ छ । पोलीयुरेथेन अर्थात् प्लास्टिकको सर्वत्र प्रयोग हुने गरेको छ । यसको पुनःचक्रण गर्न कठिन हुने हुँदा ल्याण्डफिलमै विसर्जन हुन्छ। तर, वैज्ञानिकहरुले यसको वैज्ञानिक समाधान निकालेका छन् । वैज्ञानिकहरुले प्लास्टिक खाने ब्याक्टेरियाका कणहरु सामेल गरेर यस्तो प्लास्टिकको विकास गरेका छन् जो आफैं नष्ट हुन्छ। ब्याक्टेरियाका ती जिवाणु कणहरु प्लास्टिक उपयोग गरिरहँदासम्म निस्क्रिय रहन्छन् । तर, जब प्रयोग सकिएर उक्त प्लास्टिकलाई विसर्जन गरिन्छ तब पुनर्जिवित हुँदै प्लास्टिकलाई नै खान थाल्दछन् । क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ता हान सोल किम भन्छन् यसबाट हामीले प्रकृतिको प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न सकिन्छ भन्ने आशा पलाएको छ। साथै यसको अर्को फाइदा पनि छ कि प्लास्टिक खाने ब्याक्टेरियाको जिवाणु कणहरुले प्लास्टिकको कडापनलाई बढाइदिन्छ। अर्का शोधकर्ता जोन पोकोस्र्की भन्छन्( हम्रो प्रक्रियाले सामानलाई बढी कडा बनाइदिन्छ, जसका कारण यसको उपयोगी जीवनकालमा बढोत्तरी हुन्छ । र, जब यसको काम सकिन्छ तब हामीले यसलाई वातावरणबाट निर्मूल पार्न सक्छौं, चाहे यसलाई जसरी बिसर्जन गरियोस् । आफैं नष्ट हुने यस्तो ब्याक्टेरियायुक्त प्लास्टिक हाल प्रयोगशालामा मात्रै उत्पादन गरिएको भएपनि यसलाई निकट भविष्यमै व्यवसायिक उत्पादन गरेर बजारमा पठाउन सकिने समभावना रहेको शोधकर्ताहरु बताउँछन् । प्लास्टिक नष्ट गर्नका लागि प्रयोग गरिएको ब्याक्टेरिया ब्यासिलस सब्टिलिस हो, जुन आम रुपमा खाद्य योजक तथा प्रोबायोटिकको रुपमा प्रयोग हुन्छ । उक्त ब्याक्टेरियालाई प्लास्टिक उत्पादनको क्रममा प्रयोग गरिने उच्च तापक्रम सहन सक्नेगरी जेनेटिक इन्जिनियरिंग गरिएको हुन्छ । शोधकर्ताहरुले प्लास्टिक खाने ब्याक्टेरियामार्फत् आफैं सड्ने प्लास्टिकको विकास गरेपनि कतिपयले भने यो उत्तम विकल्प नभएको र सबैभन्दा राम्रो विकल्प चाहिं प्लास्टिकको प्रयोग नै कम गर्नु रहेको बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *