११ अर्ब डलर खर्चेर ९ वर्षमा बनाइयो पुल

अमेरिकामा बनेको एउटा पुल यतिबेला चर्चाको विषय बनेको छ । रेल चलाउन भनेर बनाइएको यस पुलको उद्घाटन समेत भइसकेको छ । ११ अर्ब अमेरिकी डलर खर्चेर ९ वर्षमा आधा किमीको यो हाई स्पिड रेल पुल बनाइएको थियो । तर अचम्मको कुरा यो पुल कतै जाँदैन । पुल न अगाडिबाट रेलवेको लिकसँग जोडिएको छ न त पछाडिबाट । क्यालिफोर्नियाको राज्य सरकारले यस उच्च गतिको रेल पुलको निर्माण पूरा भएकोमा उत्सव मनाइरहेको छ । तर पुललाई लिएर यति बेला त्यहाँको सरकारको आलोचना पनि भइरहेको छ । ट्विटर र टेस्ला मालिक एलन मस्क र डगकवाइन निर्माता बिली मार्कस समेत कयौँ दिग्गज व्यक्तित्वहरूले यो क्यालिफोर्निया हाई–स्पिड रेल अथोरिटीको उपहास गरिरहेका छन् । क्यालिफोर्निया हाई–स्पिड रेल अथोरिटीले गएको वर्ष गर्वका साथ ‘फ्रेस्नो रिभर वायाडक्ट’ पूरा भएको घोषणा गरेको थियो । यो लामो समयदेखि ढिलाइ भइरहेको सो राज्यको बुलेट ट्रेन परियोजनाको सानो खण्ड थियो । यस परियोजनामा सान फ्रान्सिस्कोलाई लस एन्जलससँग जोड्न खोजिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *