सूर्य नेपालको ‘टोफिचो टड्का इमली’ बजारमा

काठमाडौं । सूर्य नेपालले कन्फेक्सनरी ब्रान्ड ट्रोफिचोअन्तर्गत नयाँ टफी ‘टड्का इमली’ बजारमा ल्याएको छ । ‘टेस्टको नयाँ ब्लेस्ट’को नारासहित यो चकलेट बजारमा सार्वजनिक गरिएको हो । टड्का इमलीमा इमलीको स्वादका साथै चाट मसलाको सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।टोफिचो टड्का इमली पाँच रुपैयाँमा दुईगोटा किन्न पाइनेछ ।

यसको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुने कम्पनीको विश्वास छ । आँप र लिचीको स्वादमा यो चकलेट उपलब्ध हुँदै आएको छ । इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले विश्वास व्यक्त गरेको छ । टोफिचोका विभिन्न उत्पादन टड्का कचा म्यांगो, चड्का लिची र इक्लायर पनि बजारमा उपलब्ध छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *