देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले बताए । बजेट अधिवेशनबारे छलफल गर्न कांग्रेसले बिहीबार संसदीय दलको बैठक पनि बोलाएको छ ।

संसदीय दलको बैठकअघि देउवाले शीर्ष नेतासँग छलफल गरेर बजेट अधिवेशनमा कांग्रेसको आगामी रणनीति तय गर्न खोजेको देखिन्छ । कांग्रेसले लामो समयदेखि सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । लामिछानेको नाम उल्लेख नगरी संसदीय समिति गठनका लागि सत्ता पक्ष तयार देखिए पनि कांग्रेस सहमत भएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *