सानिमा बैंकको फोनपे क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौं । भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने भएका छन् । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा।लि।सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको हो । बैंकका अनुसार यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआई मार्फत फोनपे नेटवर्क अन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने छ ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *