कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान

काठमाण्डौं । कोशीमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि बुधबार राति प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २८ गते (शुक्रबार) अपराह्न ५ बजेसम्मभित्र सरकारमा दाबी पेस गर्न आह्वान गरेका हुन् । यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरूले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वानको माग राखेर निवेदन दिएका थिए ।

०८० असोज २७ मा मुख्यमन्त्री कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । उनलाई एमाले र माओवादीकासहित बहुमत सांसदले विश्वासको मत दिएका थिए । तर, केन्द्रमा गठबन्धन फेरिएसँगै ०८० चैत २६ गते ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । उनीहरू आफूहरूले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *