सेन्ट जेभियर्स कलेजले साइकल र्यालीको आयोजना गर्ने
काठमाडौं । सेन्ट जेभियर्स कलेज सेट काउन्सिलले साइकल र्यालीको आयोजना गर्ने भएको छ । सृष्टिका लागि सवारी, नवप्रवर्तनका लागि सवारी भन्ने नाराका साथ साइकल र्याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । साइकल र्याली आगामी माघ २१ गते शनिबार हुने तय भएको छ । र्याली माइतीघरबाट सुरु भएर ललितपुरको लुभु हुँदै काठमाडौंका विभिन्न ठाँउ पुगेर पुनः माइतीघरमा रहेको कलेजमा आएर सम्पन्न हुनेछ । यस वर्ष सेट काउन्सिलले महावीर पुनले २०१२ मा स्थापना गरेको एनजीओ नेसनल इनोभेसन सेन्टर एनआईसीसँग सहकार्य गरेको छ ।