आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई रोजगारी दिने सांसद मोहन बस्नेतको घोषणा


कठमाण्डौं । नेपाली कांग्रेसका सांसद एवम् समाजसेबी मोहन बस्नेतले संसद भवनअघि आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काजकिरियाबाट फर्किए लगत्तै रोजगारीका लागि नियुक्ति पत्र दिने बताए। यस्तै बालबालिकालाई विद्यालयमा भर्ना गरिदिने पनि उनले घोषणा गरेका छन्। ‘मैले निजी विद्यालयमा ‍स्नातक तहसम्म निशुल्क पढाइदिने घोषणा गरेँ,उहाँकी श्रीमती जो अहिले एकल महिला हुनुभएको छ। उहाँको रोदन मैले सुनेँ र म डेरामा भेट्न गएँ। उहाँलाई पनि रोजगारीको व्यवस्थाका लागि मैले उहाँलाई भनेँ। काजक्रियाका लागि इलाम पुगेका उनीहरू काठमाडौं फर्किएपछि बच्चाहरूलाई विद्यालय पठाउने र श्रीमतीलाई रोजगारी पनि दिने सांसद बस्नेतले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *