गठबन्धन निर्वाचन सार्ने र टार्ने मनिस्तिथिमा रहेको छ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको दावी पनि गरे ।

नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेको हो । त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनि खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ । उनले भने, उनले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार अत्तेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *