प्रधानमन्त्री देउवाद्वारा विश्वनाथ मन्दिरमा पुजाअर्चना

काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् ।

सो देउवा पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात्रा लगायका उपस्थिति थियो । साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागी थिए ।

नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमास्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए ।

बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *