कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो । त्यस्तै, एक सांसद तटस्थ बसेका थिए । कुल ४० सदस्यीय प्रदेशसभामा मतविभाजनका क्रममा ३५ सांसद उपस्थित थिए ।

प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई परेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको घोषणा गरिन् । कँडेललाई प्रदेश प्रमुख तिलक परियारले गत चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *