पाँच करोड पचाउन प्रचण्डको शरणमा !

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धरेंद्र बास्तोला कन्चन पाँच करोड पचाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शरणमा पुगेका छन् । सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई लिएर बिहीबार प्रचण्डको शरणमा पुगेका हुन् । ओलीलाई नेकपाको १२ औँ केन्द्रीय समिति बैठकले दरबारमार्गमा रहेको होटल अन्नपूर्णबाट लिएको पाँच करोड रुपैयाँ पार्टीलाई बुझाउन चैत्र ३० गतेको अल्टिमेटम दिएको थियो । उक्त समयसीमा भित्र रकम बुझाउन नसकेपछि रकम पचाउन भोली पल्ट प्रचण्डलाई भेट्न उनी खुमल्टार पुगेका हुन् ।
नेकपाभित्र आर्थिक हिनामिनाको आरोप लागेपछि पार्टी परित्याग गर्ने गरेको पाइन्छ । पार्टी छोड्दा छानविन नहुने भएपछि धेरै नेता तथा कार्यकर्ताले आफ्नो राजनीतिक भविश्य दारमा राख्दै पार्टी परित्याग गर्ने गरेका छन् । अहिले उनीहरुले पनि त्यसको निरन्तरताका लागि छलफल चलाएको बुझिएको छ । तर नेकपाले यो पटक त्यसरी कोही पनि उम्किन नपाउने बताएको छ ।
प्रचण्डसँगको भेटमा पार्टी एकताका विषयमा छलफल भएको थियो । ओली र बास्तोलाले आफूहरु दुबै जनालाई पदाधिकारी बनाउन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले आफू एक्लै निर्णय गर्ने अवस्थामा नरहेकाले साथिहरुसँग छलफल गर्ने बताएको श्रोतको भनाई छ ।
प्रचण्ड निकट श्रोतका अनुसार ओलीले आफ्नो पारिवारिक खर्च पनि ठूलो भएकाले यसको व्यवस्थापनका लागि पनि सोच्नुपर्ने बताएका थिए । उनले आफ्नो परिवार ठूलो भएकाले यस विषयमा सोच्न जोड गरेका थिए । जेठी श्रीमती, कान्छि श्रीमती, छोरी ज्वाईँ र आफ्नो खर्चको व्यवस्थापन पार्टीले गर्दा आफू आन्दोलनमा केन्द्रीत हुन सजिलो हुने उनको भनाई रहेको श्रोतको दावि छ ।
नेकपाले कान्छि श्रीमती अम्विका, छोरी ज्वाँई झनक सुवेदी र उनलाई न्यनतम तलव दिएर व्यवस्थापन गरेको छ । अम्बिका र झनक पार्टीको मुखपत्र रातो खबरका जागिरे हुन भने ओली होलटायमर हुन् । पार्टीले उनीहरुलाई महिनामा ८० देखि ९० हजार रुपैयाँ लगानी गरेको बुझिएको छ । प्रचण्डले व्यवस्थापनमा कुनै पनि समस्या नहुने भन्दै सकेसम्म नेकपाको ठूलो हिस्सा लिएर आउन भनेको प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यसका लागि केही दिनमा नै गुट भेला गरेर मोटामोटी फिगर तयार पार्न प्रचण्डले सुझाव दिएका छन् । प्रचण्डको निर्देशनमा उनीहरुले पनि तयारी थालेको बुझिएको छ । तर नेकपामा भने ओली र बास्तोलाले भनेपछि जम्मा हुने नेता कार्यकर्ता संख्या न्युन छ ।
‘पाँच करोड पचाउनका लागि बार्गेनिङ हो । पार्टीले ल्याएको चुनावि कार्यनीति मन परेन रे, चुनावमा जान हुन्न, क्रान्ति गर्नुपर्छ भन्ने । प्रचण्डको पार्टीमा गएर वार्ता गर्ने ?, अनि विप्लवले क्रान्ति नगर्ने प्रचण्डले क्रान्ति गर्ने होला त । मान्छेले यहीँबाट बुझ्न पर्छ कसको नियत के हो भनेर ?’, नेकपा उच्च श्रोतले भन्यो, ‘अब त जानेनै भए भन्ने पारेर यताको छानविन प्रभावित पार्न उनीहरुले बार्गेनिङ गरेका हुन् । यो पार्टी चन्दा उठाएर चल्ने पार्टी होइन भनेर देखाउन पनि उनीहरुलाई कारवाही हुन पर्छ । हुन्छ ।’
ओलीले उनका सहयोगी केदार खतिवडा मार्फत पैसा ल्याएका थिए । उक्त पैसा पार्टीको केन्द्रीय आर्थिक विभागमा नपुगेपछि नेकपाले सोधीखोजी गरेको थियो । केन्द्रीय समिति बैठकमै यसबारेमा कुरा उठेपछि ओलीले आफ्ना सहयोगीले पैसा लिएको र अहिले उनी आफूसँग नभएको जवाफ दिएका थिए । खतिवडा केही समयअघि महोन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रबेश गरेका थिए ।
उता बास्तोलाले पनि विभिन्न कार्यक्रम गर्ने, सेमिनार गर्ने, अध्ययन अनुसन्धान गर्ने भन्दै चीनबाट पैसा ल्याएका थिए । उक्त पैसा कति थियो खुलाइएको छैन । उनले पनि त्यही पैसा पचाउन ओलीको पछि लागेको नेकपा श्रोतको दावि छ । पैसाको कुरा उठेपछि उनीहरुले नेकपाको कार्यनीतिमाथि प्रश्न उठाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *