जेठ १५ अगावै कांग्रेस र एमालेको सरकार बन्ने संभावना बन्यो

  • बर्तमान सरकारको असफलताले चौर्तर्फी अन्यौल
  • जनताले सरकार भएको महशुस गर्न छोडे
  • डढेलोले नेपाल जलिरहदा निरोहरु बाँसुरी बजाउँदै इलामका डाँडाकाडाँमा बरालिदै

काठमाडौँ । वुटवलको सुप्रिम सहकारी ठगिकाण्डमा गृहमन्त्री रवि लामीछाने अभियुक्तको रुपमा अदालतमा वुझाएको फाइलमा नाम परेपछि प्रमुख सत्तारुढ दल एमाले गंभिर संकटमा परेको छ ।

सहकारी ठगीमा गृहमन्त्री लामीछानेमाथि संसदीय छानवीन समिति मार्फत छानविन हुनुपर्ने माग राख्दै मुख्य विपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसद अवरोधलाई कुनै महत्व नदिई एमाले, माओवादी , र अभियुक्त लामीछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले वेवास्ता गरी अधिवेशन नै अन्त्य गरे पनि सत्तारुढ गठवन्धनलाई चैन भने भएको थिएन । लामीछाने निर्दोष रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको संसदमा दिएको अभिव्यक्ति हाँस्यास्पद भैरहंदा पुर्वप्रम एवं एमाले अध्यक्ष खड्ग ओलीले कांग्रेसले सत्ताबाट बाहिरिनु पर्दाको पीडा पोखेको , लामीछाने निर्दोष रहेको भन्न छाडेका थिएनन् । तर वुटवल काण्डपछि भने स्वयम ओली , एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला समेतले संसदीय छानवीन समिति गठनको पक्षमा हरियो बत्ती देखाएको छन् ।

बर्तमान गठबन्धन बचाउन लामीछानेको पक्षमा ढाल बनेर खडा भएका दाहाल र ओली समेत अहिले निकै अप्ठेरोमा परेका छन । संसदीय छानवीन समिति गठनको सवाललाई नटुङयाई संसद अधिवेशन अन्त्य गरेपनि अब लगतै बजेट अधिवेशन शुरु हुने वाला छ । र , कांग्रेसले आफ्नो माग संशोधन नभई छोड्ने स्थिति पनि छैन । अहिले ओली र दाहाल सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले एमाले र माओवादीलाई निकै अप्ठेरो परेको छ । सरकारले रवि लामिछाने र उनका विजनेश पार्टनर जीवी राईको ठगिलाई पूर्णरुपले छुट दिने संकेत गरेपछि पीडितहरु सडकमा उत्रिएका छन् । वुटवल र पोखरामा प्रदर्शन गरेका पीडितहरु काठमाण्डौँमा पनि सडकमा जाने अवस्था आएको छ । वीरगंज, चितवन समेतका शहरमा जनप्रदर्शन भए सरकार चर्काे दवावमा पर्ने अवस्था आउने निश्चित छ । सबैतिर आफ्नो प्रतिकुलस्थिति बन्दै गएपछि अनुहारमा पोतिएको कालो पुछ्न एमाले र माओवादी के बहाना बनाउने भन्ने ध्याउन्नमा लागेका छन् । बजेट अधिवेशन डाक्नु अघि नै त्यसको सम्वन्धमा निर्णय गर्नुपर्ने भएपनि एमालेले त्यसप्रति खासैं चासो देखाएको छैन । एमालेले त्यो लफडा छाडेर पार्टीको केन्द्रीय परिषदको बैठक गर्ने , नेपाल कम्युनिष्ट पार्टीको हिरक महोत्सब गर्ने कार्यमा व्यस्त छ ।

एमाले उपाध्यक्ष तथा पुर्व सभामुखको निधनपछि खाली रहेको इलाम क्षेत्र नं. २ को निर्वाचनमा माओवादी बाहेकका सबै दलले आफ्नो सारा शक्ति केन्द्रित गर्नाले पनि मुलुकका जल्दा बल्दा समस्याप्रति सरकार र ठुला राजनीतिक दलको ध्यान केन्द्रित हुन सकेको छैन । यस्तो अवस्थामा संसदका दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर राष्ट्रलाई निकास दिनुपर्छ भन्ने मत निकै बलियो बन्दै गएको देखिएको छ । कतिपय कांग्रेस र एमाले त हौसिएर संसदमा बजेट पेश गर्नु अघि नै दुई पार्टीको सरकार बन्ने दावी समेत गर्न थालेका छन । तर कांग्रेस एमाले त्यति छिटै र सजिलै एकैठाउँमा आउने स्थिति भने छैन । चुनावमा एक अर्काका निकटतम प्रतिद्धन्द्धी हुनुका कारणले पनि दुई दललाई मिलिहाल्न अप्ठेरो छ । तर रवि लामीछाने कारवाहीमा पर्ने स्थिति आयो भने चाँहि फेरि कांग्रेस र एमाले मिल्नुपर्ने बाध्यता आईलाग्ने निश्चित छ । अब माओवादीले फेरि कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना टरेको छ । लामीछाने सरकारबाट बाहिरिने बित्तिकै सरकार ढल्ने निश्चित छ । यदि त्यस्तो अवस्था आयो भने नयाँ र वैकल्पिक सरकार दिन कांग्रेस र एमाले मिल्नै पर्ने हुन्छ । एमाले र माओवादीको गठबन्धनको सरकारले वजेट पेश गरेपछि सरकार ढाल्दा आफ्नो अनुकुल बजेट नआउने हुँदा अहिलेदेखि नै नयाँ विकल्पको तयारी गर्नुपर्ने दवाव दुबै पार्टीमा रहेको बताइन्छ । माओवादी जहिले पनि बजेट ल्याउने बेला लफडा गर्ने गरेको छ । संविधानसभा नै संसदको भुमिकामा रहेको बेला सुरेन्द्र पाण्डेले अर्थमन्त्रीको रुपमा वैठकमा वजेट बक्तव्य पढन जान लाग्दा बर्तमान अर्थमन्त्री बर्षमान पुनले नै बजेट पुस्तिका भएको सुटकेश लुटेर फुटाईदिएका थिए । अघिल्लो वर्ष सेवा निवृत्त सुब्बालाई प्रयोग गरेर तत्कालिन अर्थमन्त्री जनार्द शर्माले करको दर हेरफेर गराएको मुद्धाले पुरै देश हल्लाएको थियो । माओवादी विश्वसनीय शक्ति बन्न नसक्नुमा यसरी निजी स्वार्थमा फस्नु पनि एउटा कारण हो ।

अहिले राष्ट्रमा डरलाग्दो संकटको स्थिति उत्पन्न भएको छ । देशैभरि लागेको बनको आगोले गाउँघर समेत जलाउन थालेको छ । कैयौँ गाउँमा त घरगोठ जल्दा पशु चौपाय , मानिस समेत हताहत भएका छन् । यस्तो स्थितिमा पनि गृहमन्त्री ढुक्कले आफ्नो पार्टीको चुनाव प्रचारमा लाग्दा सरकारको अस्थित्वमाथि नै प्रश्न उठेको छ । यो घटनाले प्रधानमन्त्री दाहाल चिन्तित मात्र होइन आक्रोशित नै बन्न पुगेका छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार वाँदरको हातमा नरिवल बन्न पुगेको छ । सबै परिस्थिति र घटनाक्रमले मुलुकमा जवाफदेही र जनहितमा सपर्पित सरकार दिन विकल्प खोज्नुपर्ने अवस्था आएको छ । संघिय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेतका दल अग्रसर भएपछि त्यसलाई रोक्न पनि जनउत्तरदायि सरकार दिनु आवश्यक छ । दाहाल र लामीछाने प्रवृतिले त्यो दायित्व पुरा गर्न सक्ने अवस्था नरहेपछि कुनै पनि वेला दुई मुख्य प्रतिस्पर्धी दल कांग्रेस एमालेबीच सहमति बन्ने र नयाँ सरकार गठन हुने सम्भावनालाई पुर्णरुपले नकार्न सकिंदैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *