सामूहिक साकोसको आयोजनामा विस्तारित मञ्चर क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

काठमाडौँ । सामूहिक साकोसले दरवार स्क्वायर स्थित होटेल स्वीट होममा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको विस्तारित मञ्च कार्यदलका संयोजक कृष्णहरि सैँजुको सभाजतित्वमा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायका प्रमुख आतिथ्यतामा तथा लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठको बिशेष आतिथ्यतामा वर्तमान परिस्थितिमा समग्र बैँक तथा वित्तीय संस्थाहरुको समान समस्याको रुपमा देखिएको तरलता समस्या समाधानका लागि विस्तारित मञ्चको आयोजना गरेको संस्थाका व्यवस्थापक कविन्द्र धौवन्जारले बताएका छन् । व्यवस्थापकको प्रस्तुतीमा सहभागीहरुबाट आएको जिज्ञासाको समाधान पनि गरिएको थियो ।

संस्थाका उद्योगी व्यवसायी शेयर सदस्यहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा संस्थाका संस्थाका संचालक, लेखा समिति, शेयर सदस्य र शुभचिन्तक गरी जम्मा ५५ जनाको सहभागिता रहेको थियो । संस्थाक अध्यक्ष धनेशराज राजोपाध्यायले कार्यक्रमको उद्घाटनका क्रममा २०७९ सालको क्यालेण्डर विमोचन गर्द सहकारी संस्थाले नितीगत सहभागिता हुने कार्यक्रमहरुको महत्वबारे बताए । समापन काक्रममा संयोजकले सहकारी संस्थाले साधारण सभामा सबै सदस्य एक साथ बोलाउँदा सबैको जिज्ञासा सुन्न नसकिने हुँदा विस्तारित मञ्च जस्ता कार्यक्रमको आयोजना गरि निश्चित विषयमा छलफल गर्नका लागि सम्भावित निश्चित समूहकाविच छलफल कार्यक्रम गर्नु आवश्यक रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *