मध्यपुर थिमीमा ज्वाइँ जेठानको भीडन्त

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् । मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन् । मदनसुन्दर वर्तमान मेयर पनि हुन् ।

नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो । मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँंग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए ।

उक्त बेला एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागवन्डा लगाइएको थियो । तर, नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदवार पराजित भएको थियो । यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी वढी बलिया दलहरू हुन् । अघिल्लो चुनावमा धेरै वडाहरु नेपाली कांग्रेसले जितेका थिए तर पनि कांग्रेसका उम्मेदवार अष्टकुमार कवे पराजित भएका थिए तर यसपालि भने गठवन्धन भएकाले जेठान सुरेन्द« श्रेष्ठले जित्ने सम्भावना छ । यी दुइ उम्मेदवार सशि सुन्दर श्रेष्ठका माइला छोरा सुरेन्द« श्रेष्ठ र एक मात्र छोरीका श्रीमान मदनसुन्दर श्रेष्ठ (ज्वाइ) हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *