स्थानीय निर्वाचन भनेको देशको मेरुदण्ड हो, यो महायज्ञलाई सबै मिलेर सफल पारौ

काठमाडौँ । नेपालमा सन् २०१७ मा तीन चरणमा स्थानीय चुनाव वैशाख १४, असार २८ र भदौ १८ अर्थात (मे १४, जुन २८ र सेप्टेम्बर १८ मा) सम्पन्न भएको थियो । संविधानको धारा २१५ (६) बमोजिम अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ भनेर लेखिएको छ । धारा २२५ मा गाउँपालिका र नगरपालिकाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने उल्लेख छ । अर्को गाउँसभा र नगरसभाको म्याद सकिएको ६ महिनाभित्र निर्वाचित हुनेछ भनिएकोछ । तर स्थानीय तह निर्वाचन ऐन–२०१७ को दफा ३ मा स्थानीय तहको निर्वाचन कार्यकाल पूरा भएको दुई महिना अगावै गरिनु पर्ने भनि उल्लेख छ । यसको मतलब स्थानीय निकायका प्रतिनिधिहरू चैत १९, २०२२ भित्र निर्वाचित हुनुपर्ने थियो । तर निर्वाचन आयोगलगायत केही कानुनविद्ले वैशाख १९ गतेभित्र स्थानीय निर्वाचन गरिएमा प्रचलित कानुनमा संशोधन आवश्यक नरहेको बताउँदै आएका भए पनि सरकारले वैशाक ३० गते निर्वाचन गर्ने अठोट गरेपछि अब स्थानीय निर्वाचनमा देश होम्मिसकेको छ ।

सन् २०१७ मा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाका लागि वैशाख १४, असार २८ र भदौ १८ गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन एकै चरणमा सम्पन्न हुँदा खर्च कटौती हुने निर्वाचन आयोगका अधिकारीहरुले र बिज्ञहरुले बताए बमोजिम नै यसपटक एक चरणमा निर्वाचन हुँने तय भएको हो । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने र त्यसका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने भएकाले निर्वाचन गराउन चुनौतीपूर्ण हुने हो की भन्ने शंका बिस्तारै निवारण भएको छ। आयोगले छोटो सूचनामा ५० भन्दा बढी गतिविधिका लागि कार्यक्रमहरूको क्यालेन्डर पनि तयार पारेर धमाधम कार्यान्वयन भैइरहेको छ । सरकारले स्थानीय निर्वाचन ऐन–२०७३ लाई एक दिन पनि शून्यमा बस्न सकिन्न भन्ने स्पष्ट अडान लिएर निर्वाचनको घोषणा गरेको हो । जो सुकैले जेसुकै भनेपनी स्थानीय निर्वाचन समयमा गर्ने जुन अठोट लियो सरकारले त्यो सारै श्रहानिया छ । आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ र तल्लो तहमा प्रशासनिक र विकासका कामहरू सुचारु रूपमा सम्पन्न गर्न मद्दत गर्छ । २०५९ सालमा स्थानीय निकायका पधाधिकारीहरुको अवधी सकिएपछि निर्वाचन नभएको पनि १५ वर्षसम्म भएको थियो । अन्तरिम संविधान जारी भएदेखि नै सरकारी अधिकारी र सर्वदलीय संयन्त्रले स्थानीय निकाय सञ्चालन गरेका थिए । यसरी सरकारी अधिकारी र सर्वदलीय संयन्त्र दुवैले तल्लो तहमा जनतालाई सेवा दिन सकेका थिएनन ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन पछि अहिलेको स्थानीय निर्वाचन हुँदैन भन्ने अन्योलतालाई चिर्दै बैसाख ३०, २०७९ को निर्वाचन मिति तय भएपछि सबै राजनीतिक दल आ–आफ्नो राजनीतिक र विकासका एजेण्डा लिएर जनता माझ पुग्दैछन्, यो ज्यादै राम्रो र सुन्दर पक्ष हो । विगतका स्थानीय निकायहरू भन्दा सङ्घीय ढाँचाको स्थानीय तहहरू बढी शक्तिशाली, स्वतन्त्र र कार्यशील भएकाले दक्ष जनशक्तिको अभाव अनि भ्रष्टाचार मौलाए पनि स्थानीय जनताको आवश्यकता अनुसार विकासका कामहरू पनि अघि बढाएका कारणले सङ्घीय ढाचाको यो दोश्रो स्थानीय निर्वाचनको महत्व र ख्याती ह्वात्तै बढेको छ ।

कोरोना संक्रमणको भयाभह स्थितीलाई चिर्दै निर्वार्तामान स्थानीय जनाप्रतिनीधीहरुले काम गर्न सकेन भन्ने केही ठाउहरु बाहेक अधिकांश पालिकामा राम्रै काम गरेको भनेर श्रेय दिन कन्जुस्याई गर्नुहुन्न । गत २०७४ सालको स्थानिय निर्वाचनमा जुन जुन ठाउका पालिकाका जनप्रतिनिधिहरुले राम्रो काम गर्न सकेनन् त्यस्ता ठाउमा गलत मान्छे निर्वाचित भएर आएकै कारणले राम्रा काम हुन नसकेका हुन भनेर जनताले भित्र भित्र मुल्यांकन गरिसकेका छन्। अध्यावधीका निर्वाचनको सुन्दर पक्ष भनेको प्रतेक ५-५ बर्षमा प्रतिनिधी छानेर पठाउन पाउनुले गलत र खराब मान्छे जनताबाट तिरस्कृत हुदै जाने हुनाले यसपटकको स्थानीय निर्वाचनले गत २०७४ सालमा गरेको गल्ती सच्याउने मौकाका रुपमा यो बैसाख ३० गतेको स्थानीय निर्वाचनलाई जनताले लिएका छन् र आत्मासाथ पनि गरेका छन् । संघीय वा प्रदेश निर्वाचनमा भन्दा स्थानिय निर्वाचनमा जनता अझ सजक र चनाखो भएर मतदान गर्न सक्ने हुदै गईरहेका छन् । यस स्थानीय निर्वाचनमा जनताले देखाएको उत्साहले स्थानीय तहदेखी विकाशको आधार खडागर्न सतप्रतिसत बल पुर्याछ भन्ने कुरामा कसैको विमती रहदैन । गाउ, टोल, शहरको बिकाश भयो भने सिङ्ग्गै देशको बिकाश हुन्छ भन्ने आत्माविश्वास जनतामा पुग्न थालेको छ। अब आउने स्थानीय निर्वाचनले गत २०७४ सालको स्थानिया निर्वाचनमा गरेका गल्ती र कमजोरीलाई सच्याउदै सबल र सक्षम स्थानीय नेतृत्व दिन्छ भन्ने आम जनतालाई परेको छ । त्यसकारण विगतका गल्ती कमजोरीलाई सुधार्दै आगामी स्थानीय निर्वाचनले देशलाई नया स्थानीय नेतृत्व दिन सक्ने कुरामा अहिल्यै शंका नगरौ । स्थानीय निर्वाचन भनेको देशको मेरुदण्ड हो, यो महायज्ञलाई सबै मिलेर सफल पारौ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.