माडी-१ मा राप्रपा, ९ मा माओवादी केन्द्र र इच्छाकामना-२ मा एमाले विजयी

काठमाडौँ । नेपाली कांग्रेसको गण मानिने चितवनको माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोहि वडाको वडा सदस्य थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे । सदस्यमा पनि राप्रपाकै उमेदवार विजयी भएका छन् । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जय नारायण लामिछाने निर्वाचित भए ।

माडी(९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडीले जितेका छन् । दवाडीले १ हजार १८ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीले ५०८ मत मात्रै प्राप्त गरे । राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याए । यसअघि यस वडामा एमालेका सुवेदीले जितेका थिए । वडा सदस्यमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान विजयी भए ।

इच्छाकामना गाउँपालिका-२ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी भए । उनी ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् । २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *