म जनताको शासक होइन, सेवक बनेर काम गर्न चाहन्छु

मोहन बस्नेत-नव निर्वाचित नगर प्रमुख (दक्षिणकाली नगरपालिका, काठमाडौं)

काठमाडौँ । नेपाली कांग्रेसका स्थापित नेता तथा समाजसेवी हुन् मोहन बस्नेत । काठमाडौंको फर्पिङमा जन्मिएका उनी दक्षिणकाली नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पनि हुन् । दक्षिणकालीमा पटक–पटक नगर प्रमुख पदमा चुनाव जित्न सफल बस्नेत इमानदार नेता र स्पष्टवक्ताको रुपमा चिनिन्छन् । जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर जनताको काम गर्नुपर्ने उनको ठम्याइ छ । उनै नवनिर्वाचित प्रमुख बस्नेतसँग स्थानीय तहको विकास निर्माणमा केन्द्रित रहेर सत्याग्रहका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

दक्षिणकाली नगरपालिकाको प्रमुखमा पुनः निर्वाचित हुनुभयो, नगरवासीहरुलाई के भन्नुहुन्छ ?

यो जित मेरो मात्रै नभएर सर्वप्रथम दक्षिणकालीका नगरवासीको र त्यसपछि नेपाली कांग्रेसको हो । म त त्यसको प्रतिनिधित्व गर्ने व्यक्ति मात्रै हुँ । अहिलेका नागरिक पहिलाका जस्ता हुनुहुन्न । उहाँहरुले निकै विवेक पु¥याएर नै मलाई पुनः दक्षिणकाली नगरपालिकाको प्रमुख बनाउनुभएको छ । उहाँहरुले विवेकपूर्ण ढंगले मलाई नगरप्रमुख बनाइसकेपछि उहाँहरुको इच्छा, आकांक्षा र भावनामा कतै तलमाथि नहुने गरी मैले काम गर्नुपर्छ । काम गर्छु भन्दैमा कुनै वडामा ठूलो भवन बनाएर विकास भयो भन्नु स्वाभाविक हुँदैन । यहाँको भूगोल, जनताका इच्छा, आकांक्षा र भावनामा चोट नपुगोस् भनेर मेरो पार्टी नेपाली कांग्रेसले मलाई दोहो¥याएर टिकट दिएको हो । अब मैले जेसुकै भए तापनि पार्टीभन्दा एक कदम माथि उठेर नगरवासीको भावना र पार्टीको घोषणापत्रलाई समेटेर काम गर्नुपर्छ । चुनावका बेला कांग्रेस पार्टीको टिकट पाएर चुनाव जितेँ । अब मैले सम्पूर्ण नगरवासीको आवश्यकता, चाहना र भावना अनुसार काम गर्नुपर्छ । त्यसमा दत्तचित्त भएर लागिपर्ने छु ।

पार्टीभन्दा माथि उठेर साझा रुपमा जनताको काम गर्नुहुृन्छ हो ?

मलाई नेपाली कांग्रेसले टिकट दिइरहँदा मैले पार्टीलाई सिरोपर गर्नुपर्छ । घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । त्योभन्दा महत्वपूर्ण कुरा पार्टी आफ्नो ठाउँमा सम्मानित छ । त्योभन्दा पनि सम्मानित भनेको यस क्षेत्रका नागरिकहरु हुन् । पार्टीले टिकट दिँदैमा म नगर प्रमुख भइहाल्ने होइन । म प्रमुख बन्नको लागि नगरवासीको भावना समेट्न सक्नुपर्छ । त्यसमा मैले निकै हेक्का पु¥याएर काम गरेको थिएँ । आउँदा दिनमा हिजो विभिन्न कारणले बाँकी रहेका काम पुरा गर्ने र समयको मागअनुसार नयाँ काम गर्ने योजनाका साथ दोहोरिएर नगर प्रमुखमा आएको छु । त्यो अधिकार मलाई यहाँका नगरवासीले दिनुभएको छ ।

दोहोरिने धेरै हारेका छन् तपाईं कसरी जित्न सफल हुनुभयो ?

दक्षिणकाली नगरपालिका नगरवासीलाई मैले कुरा बुझाउन सकेँ । एउटा प्रक्रियाको लागि पार्टीको टिकट चाहिन्छ । तर, सफलता हासिल गर्नको लागि नगरवासी नै चाहिन्छ । त्यसकारण नगरवासीको भावना अनुसार काम गर्ने भएकाले मैले चुनाव जित्न सकेको हुँ । चुनाव जित्नु मात्रै ठूलो कुरा होइन । त्यसको दायित्व बहन गर्न सक्नु ठूलो कुरा हो । त्यसलाई सम्बोधन गर्न पार्टीको घोषणापत्र भन्दा नागरिकको भनाइ र आवश्यकता अनुसार काम गर्न सक्नुपर्छ । यसमा मैले अन्यभन्दा पृथकढंगले काम गर्दै आएको छु । त्यसले पनि यहाँका नागरिकको मन जित्न सफल भएको हुनुपर्छ । सबैले पार्टी मात्रै हेरेर भोट दिएका दिँदैनन् । पार्टीले टिकट दिनेबित्तिकै सबैले चुनाव जितिहाल्छन् भन्ने कुरा पनि गलत हो । त्यसकारण पार्टीसँगै प्रतिनिधि पनि सही छ भने चुनाव जित्न कुनै गाह्रो छैन ।

तपाईं के आकर्षणले नगर प्रमुखमै दोहोरिनुभयो त ?

अघिल्लो कार्यकालमा दक्षिणकाली नगरपालिकाको प्रमुख भइरहँदा मैले उठाएका कामहरु धेरै गर्न बाँकी छन् । ती अधुरा काम पुरा गर्न मेरो उमेर जतिसुकै भए तापनि अभैm जोस, जाँगर हराएको छैन । यहाँका नगरवासीको चाहना पनि त्यहीं छ । मोहन बस्नेत उमेरले पनि परिपक्को छ, यसबाट चाहीं यी काम पुरा गर्न सकिन्छ । यसले दक्षिणकाली नगरपालिकाको गरिमालाई सिरोपर गरेर इज्जत बढाउने काम गर्छ भन्ने नगरवासीको जुन विश्वास छ । त्यो विश्वासलाई संस्थागत गर्दै जानको लागि त मैले फेरि नगरवासीसँगै हुनुपर्छ भनेर दोहोरिएको हुँ । अघिल्लो कार्यकालमा मैले गरेका कामहरु राम्रा थिएनन् भने मेरो कुरा नलाग्नपनि सक्थ्यो । जनप्रतिनिधि भनेको साँचो अर्थमा जनताको सेवक बनेर काम गर्ने व्यक्ति हो । जनताको साशक बनेर काम ग¥यो भने त्यो क्षणिक हुन्छ । पहिला पनि मैले निरन्तर दुई पटक गाविसको अध्यक्ष हुँदा जनताको सेबक बनेर काम गरेँ । त्यो बेलाको ज्ञान र सीपलाई नगर प्रमुख हुँदा पनि त्यहीं प्रयोग गरेर काम गरेँ । त्यसको विश्वासमा यहाँका जनताले फेरि मलाई यसपालि पनि मौका दिनुभएको छ । मलाई पार्टीले टिकट दिनेबेलामा घोषणापत्र पनि दिएको थियो होला तर सबैभन्दा साँचो घोषणापत्र भनेको नगरवासीले दिएको वचन र विश्वास चाहीं मेरो घोषणापत्र हो । मैले नगरवासीको आवश्यकता अनुसार काम गर्ने हो । त्यतिबेला मैले घोषणापत्र पल्टाएर हेर्ने होइन, उनीहरुको माग अनुसार काम गर्नुपर्छ । जनताले माग गरेको कुरा मेरो घोषणापत्रमा रहेछ भने पनि राम्रै हो होइन भने मैले जनताको काम गरेँ भन्नुपर्छ । हिजो चुनाव लड्ने बेलामा नेपाली कांग्रेसले टिकट दिएको साथै पार्टीको घोषणापत्र पनि दिएको थियो । तर, जनप्रतिनिधि भइसकेपछि म नेपाली कांग्रेसको नेता, कार्यकर्ता मात्रै होइन । यस नगरपालिकाका सम्पूर्ण नागरिकको अभिभावक भएर काम गर्नुपर्छ ।

त्यसोभए पार्टीको घोषणापत्र भन्दा जनभावना अनुसार काम गर्नुहुन्छ हो ?

म यहाँको नगरप्रमुख भइसकेपछि नेपाली कांग्रेसको नेता मात्रै नभएर यस नगरपालिकामा बसोबास गर्ने विभिन्न जातजाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदाय, अल्पसंख्यक, दलित, उत्पीडित, पिछडा वर्गलगायतको मेयर भएकाले मेरो पार्टीको घोषणापत्र मात्रै आकर्षित हुँदैन । जनप्रतिनिधि भइसकेपछि यी सबैको घोषणापत्र आकर्षित हुन्छ । म त्यहीं आधारमा काम गरिराखेको छु । पुर्खौदेखि चल्दै आएका चाड पर्व, धर्म, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाजलाई बँचाउने काममा पनि त्यत्तिकै लागिपर्ने छु । परम्परा जोगाउनका लागि पैसाको कारण नरोकिने गरी काम नरोकिने गरी अगाडि बढ्ने छु ।

अघिल्ला कार्यकालमा जनताले अनुभूति गर्नेगरी के के काम गर्नुभयो ?

जस्तोसुकै दूर्गममा पनि खोलाको पानी टुप्पामा पु¥याएर खुवाउने काम गरिने छ । सबै वडा र टोलवस्तीमा पु¥याइएको कच्ची सडकलाई पक्की बनाइने छ । स्वास्थ्यका क्षेत्रमा हरेक वडामा स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ । योग्य चिकित्सकको व्यवस्था गरिने छ । गुणस्तरीय शिक्षाको लागि योग्य शिक्षक दर्बन्दीसहित व्यवस्था गरिने छ । शिक्षकहरुलाई भूगोल सुहाउँदा विभिन्न तालीमको व्यवस्था गरिने छ । व्यवसायिक र सीपमुलक शिक्षालाई विशेष जोड दिइने छ । आधुनिक शिक्षाले मात्रै विद्यार्थीहरु व्यवहारिक हुँदैनन् त्यसको लागि नगरपालिका भित्रका सबै चिज, वस्तुको महत्व बुझ्ने गरी पाठ्यपुस्तक नै तयार गरेर पठनपाठन थालिएको छ, विशेष प्राथमिकताका साथ अगाडि बढाइने छ । हामीले स्वदेश, विदेश बुझ्नुभन्दा पहिला आफंैलाई बुझुन् भन्नका लागि धर्म, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, जत्रापर्व, भौगोलिक बनावटलाई समेटेर कक्षा ५ सम्मको लागि पुस्तक तयार गरिएको छ । त्यसलाई अनिवार्य र प्रभावकारी बनाइने छ । त्यसको लागि एउटा ‘रमाइलो’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । त्यसले विदेशमा जाँदा पनि आफ्नो नगरपालिकाको सबैखाले महत्व भन्न सकुन भन्नका लागि प्रभावकारी बनाइने छ । कृषि उपार्जनको लागि विशेष जोड दिइने छ ।

ग्रामीण विकासको लागि कस्तो योजना तर्जुमा गर्नुभएको छ ?

हाम्रो नगरपालिका समेटिएका ६ वटा गाउँपालिकालाई सरकारले कीर्तिपुरमा लगेर गाभ्न खोजेको थियो । त्यसलाई मेरै पहलमा दक्षिणकाली नगरपालिका बनाउन सफल भएको छु । यो नगरपालिका जनसंख्या कम भएपनि भौगोलिक बनावटको आधारमा ठूलो छ । भौगोलिक दृष्टिकोणले मकवानपुरसँग जोडिएको केराबारी, शान्तिपोखरी, डाँडिखेल, मानेभन्ज्याङ जस्ता बिकट–बिकट ठाउँहरु छन् । ती ठाउँका सेवाग्राहीले कीर्तिपुरको वडामा गएर ढुक्नुप¥यो भने तिनीहरुको रुवावासी हुन्थ्यो । त्यसैले हामीलाई छुट्टै नगरपालिका चाहिन्छ भनेका थियौं । त्यसमा सबै राजनीतिक दलबाट पनि सहयोग पाइयो । दक्षिणकाली जनसंख्या दृष्टिले सानो भएपनि नगरपालिका दिन सरकार वाध्य भयो । दक्षिणकाली नगरपालिका हुनुपर्छ भन्नेमा म अभियान्ता थिएँ । पछि गएर म यस नगरको प्रमुख बन्न पनि सफल भएँ । यसपालि पनि जनताले मलाई त्यहीं आधारले विजयी भएको छु । वडा नं. ८ छैमलेमा मात्रै विकास गर्न दशौं अर्ब खर्च गर्दा पनि काम देखिँदैन । सीमित साधन, स्रोतबाट सबैलाई सन्तुष्टी दिलाउनु भनेको चुनौतिपूर्ण काम हो । त्यो चुनौतिको सामना गर्दै सबैको चित्त बुझाएर काम गरियो । ‘समृद्ध पर्यटकीय नगर, कृषि, प्राकृति र सांस्कृतिक शहर’ दक्षिणकाली नगरपालिकाको पहिचान हो । माता दक्षिणकालीको मन्दिरमा दर्शन गर्नेदेखि घुमफिरका लागि लाखौं पर्यटकहरु आउने ठाउँ हो । हिन्दू, बुद्धिष्टलगायत लाखौं धर्माबलम्बीहरु आउने ठाउँ हो । क्रिस्चीयन, मुस्लिमलगायत सबै जातजाति, धर्म, वर्ग, समुदायका मानिसहरुको यो ठाउँमा बसोवास भएकाले सबैलाई उत्तिकै प्राथमिकता दिनुपर्छ । सबैको उच्च सम्मानका साथ काम गर्दै आएका थियौं । पर्यटकीय दृष्टिकोणले सबै जातजाति, वर्ग, समुदायका मानिसहरुको आगमन हुने गर्दछ ।

सडक विस्तार र स्तरोन्नतिमा के समस्या छ ?

पहिला म नगर प्रमुख उठिरहँदा “काठमाडौंबाट दक्षिणकाली जान बाटो एकदमै अप्ठ्योरो थियो । त्यतिबेला मानिसहरु दक्षिणकाली जानुप¥यो भने पनि यहाँबाट २, ३ घण्टा लाग्छ पछि जाउँला” भन्ने अवस्था थियो । अहिले तपार्इंहरु दक्षिणकाली आउनुभयो भने काठमाडौंबाट हिँडेको एक घण्टाभित्र मन्दिरमा दर्शन गरेर फेरि काठमाडौं पुग्ने बनाइएको छ । यसरी काठमाडौं–दक्षिणकालीको सडकलाई चुस्तदुरुस्त बनाउने काम गरेको छु । त्यतिबेला नगरपालिका दिएको पैसाले त्यो बाटो बन्ने त कल्पनै गर्न सकिँदैन थियो । हामीले सोभैंm भौतिक तथा पूर्वाधार मन्त्रालयसँग आग्रह गरेर यो सडक फराकिलो र कालोपत्र गर्ने काम गरेका हौं । अहिले प्रदेश सरकारको राजधानी जाने बाटो पनि यहीबाट भएकाले दक्षिणकालीलाई महत्वका साथ हेरिएको छ । काठमाडौं–दक्षिणकाली, छैमले हुँदै मकवानपुर जाने । काठमाडौं–भुवानी भञ्ज्याङ्गहुँदै मकवानपुर जाने दुवै बाटो सुचारु गर्ने काम भइरहेको छ । यी सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । यसरी मुख्य सडकसँगै वर्षामा बिग्रिए, भत्किएका भित्री सकडहरु मर्मत सम्हार गरी किसानका कृषि उत्पादनहरुलाई समयमै बजारसम्म पु¥याउनका लागि व्यवस्था गरिने छ । खासगरी किसानका कृषि उत्पादनलाई बजारसँग जोड्ने कामलाई उच्च महत्व दिने छु । यी र यस्तै आवश्यकता परिपूर्तिका लागि यहाँका जनताले मलाई मौका दिनुभएको हो भन्ने लाग्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *