नेपाल ईन्स्योरेन्सको नयाँ कर्पोरेट भवनको शिलान्यास

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास भएको छ । कम्पनीको कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको नयाँ कर्पोरेट भवनको शिलान्यास भएको हो ।

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरे । विगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आएको यस कम्पनीले ५९ वटा शाखा÷उपशाखा÷सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *