प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता


प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ।
एक कार्यक्रमका बीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ। मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ। कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *