नयाँ बानेश्वरका फुटपाथ ब्यापारीको अतिक्रमण हटाउन सफल


काठमाडौं । काठमाडौ महानगरपालिकाले फुटपाथ अतिक्रमणलाई हटाउने निति तथा कार्यक्रम नगर सभाबाट पारित गरे पछि नयाँ बानेश्वरका स्थानिय ब्यवसायी, घरधनी, टोलसुधार समिति, क्लब लगायत विभिन्न संघ संस्थाहरु अतिक्रमण हटाउन एकजुट भइ सडकमा उत्रिएका छन् । फुटपाथको ब्यवसायीले बिरामी लिन जादै गरेको गाडीलाई बाटो छेके पछि अभियान आन्दोलनको रुपमा अगाडी बढेको थियो । बिभिन्न निकाय तथा सरकारलाई दवाव दिँदै फुटपाथ क्लियर गर्नु पर्ने र त्यसको लागि सबै पक्षकोे सहयोग रहने व्यवहोरा जानकारी गराएको थियो । फुटपाथलाई क्लियर गर्ने क्रममा वडा तथा नगर प्रहरीले पुर्ण सहयोग गर्दै आज ८औं दिनमा आइ पुग्दा लगभग क्लियर भइसकेको अवस्था छ ।

यसको परिणाम स्वरूप फुटपाथमा निर्वाध हिढडुल गर्न सहज भएको त छदै छ सडकको ट्रफिक जामलाई समेत सहज बनाएको छ । फुटपाथमा कपडा तथा तरकारीको व्यवसाय गर्ने तथा मुल सडकमा ठेलामा सेकुवा पोल्ने गर्दथे । सेकुवाको दुर्गन्ध, अब्यवस्थीत भिड, निर्वाध हिढडुल गर्न अवरोध, अवान्चित गतिविधिले प्रश्रय पाईरहेको थियोे । त्यसमा पनि चोरी(डकैतीको बिगबिगी यहाँको दिनचर्या जस्तै बनिरहेको थियो । नयाँ बानेश्वरलाई कुरुप र असोभनीय बनाइरहेका फुटपाथ ब्यवसायलाइ हटाउनु पर्ने भन्ने आवाज उठेको चाहिँ यो पहिलो पटक होउन ।

तर यसपटकको अभियानमा सबै पक्ष बिचको समन्वय र सहयोगले गर्दा नै अभियानले मुर्त रुप लिँदै सबैको समर्थन लिन सफल भएको हो । सबै पक्षहरु अभियानको क्रममा बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजे देखि ९ बजेसम्म नगर प्रहरी र वडा प्रतिनिधिलाई अगाढि सार्दै मार्चपास तथा अतिक्रमण हटाउँदै हिढ्ने गरेका छन् । त्यस्तै नगर प्रहरीलाई सघाउन स्वयमसेवकको ज्याकेट लागाई फुट्पातबाट ब्यवपारी हटाउने कार्यमा सहयोग पुर्याइ रहेका छन् । यसलाई बिस्तारै व्यवस्थित गर्दै सबै पक्षको संलग्नता तथा सहभागिता रहने गरी फुटपाथ ब्यवसायीले आफ्नो ब्यवस्था गरी पुर्ण रुपमा ठाउँ नछोडे सम्म अभियानलाई अनन्तकाल सम्म पनि लैजाने अभियानका एक जिम्मेवार व्यक्तिले हामीलाई जानकारी गराउनु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *