क्रिकेटर लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो। सन्दीप पक्षका वकीलले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उक्त मुद्धामा सन्दीप लामिछानेलाई ८ वर्ष कैदको फैसला गरेपछि त्यो फैसला बदरको माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन् । दुवै निवेदनमा उच्च अदालतले एकसाथ सुनुवाइ अगाडि बढाएउने खबर आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *