काठमाडौँमा सफल ह्याप्पी काउ मिल्क

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँस्थित बजारमा उपलब्ध हुने भएको छ। कम्पनीले उपभोक्ताको मागअनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरिएका गाईको दूध प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ । यसैगरी दुधको प्रत्येक प्याकेट क्रिमयुक्त रहेको कम्पनीको भनाइ छ ।

यसले सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने कम्पनीको भनाई छ। दुधमा न्यूनतम ३.५ प्रतिशत FAT र न्यूनतम ७.५ प्रतिशत SNF हुने बताइएको छ भने दुधमा शरीरलाई चाहिने Calcium, Protein र Vitamin का साथै अन्य मिनिरल पूर्ण रूपमा पाइन्छ । जसले गर्दा पौष्टिकता पाउनुको साथ साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० ml को पाउचमा उपलब्ध छ भने यसको अधिकतम विक्री मूल्य रु ६० तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *