थपिए कोरोनाको ६२० जना नयाँ संक्रमित, एक जनाको मृत्यु 

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशमा कोरोना भाइरसको ६२० जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर र ३ हजार १९५ जनाको एन्टीजेन विधिबाट गरी कुल ५ हजार ८४६ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । 

बितेको चौबिस घण्टामा २९७ जना कोरोना भाइरसका संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *