लगातारको वर्षात्ले घरहरू डुवानमा


काठमाडौँ । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको हो ।

काहुँ आसपासबाट सोहोरिएर आएको पानीले यहाँका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिएका छन् । बस्ती डुवानमा परेपछि बेलुकादेखि नै क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको जानकारी दिँदै उनले अपरान्हबाट पानी रोकिएका कारण केही सहज हुने अपेक्षा गरिएको बताए । कमलपोखरी क्षेत्रमा वर्सेनि बाढीको समस्या हुने गरेको बताउँदै उनले यसको दीर्घकालीन समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने देखिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *