अल्छी लम्पटहरुको कोठे राजनिती समाप्त हुनुपर्छ


काठमाडौँ । आजकाल नेतृत्वको खोजीका सम्बन्धमा जनताले कुन–कुन मुद्दामा आवाज उठाइरहेका छन् ? २०४७ हुँदै २०६२/६३ पछि निरन्तर नेत्रृत्वमा रहेकाहरु प्रति जन गुनासो के छ ? जनताको आवाज बोक्ने चोक, गल्ली, चिया पसल, लगायत सामाजिक संजालमा जनताले के कस्ता मागहरू अघि सारिरहेका छन् ? गठबन्धनको नाउँमा सँधै दाई गरौला भन्ठान्नेहरु प्रति जनताको मोनोबिज्ञान के छ ? के आधारमा नागरिकको विश्वास हाँसिल गर्छु भनेर मूल राजनीतिक दलहरु आम चुनाबमा जान लागि परिरहेका हुन् ?

प्रस्ट छ । पलायनबादी अभ्यासमा क्रियाशीलपार्टीहरु प्रति जनताको चासो नगन्य छ । जसमा राजनीतिक नेताहरु राष्ट्रिय हितको सट्टा व्यक्तिगत स्वार्थ पुरा गर्न मै तल्लिन छन् । उनीहरुमा रूपान्तरणको दृष्टिकोण पटक्कै छैन । जसले, मान्छे र संगठनको जीवनमा महत्वपूर्ण परिवर्तनको घोषणै गर्न सक्दैनन् । परिवर्तनका अपेक्षा र आकांक्षाहरु बद्नीयत राख्नेहरुले नक्कली घोषणापत्र मार्फत निकट भविष्यमै बाड्दै छन् । पलायनवादी राजनीतिले क्षमता, ऊर्जावान दृष्टि र चुनौतीपूर्ण लक्ष्यको अभिव्यक्ति कदापी गर्न सक्दैन । तसर्थ, नेत्रृत्व प्रति आकर्षणका निम्ति रुपान्तरणकारी क्षमता,नेताको अर्थ र नेताको आदर्श प्रतिबिम्बित भएको हुनु पर्दछ । टीम, संगठन र समुदायको लाभको लागि काम गर्ने एक नैतिक चरित्र स्थापित हुनु जरुरी छ । नेत्रृत्वको खोजी यतिखेर प्रोपोगान्डाको त्यो घोषणापत्र लाई नंग्याउने तिर केन्द्रित छ । पलायनमा विश्वास गर्ने नेताहरु सामान्यतया संगठनमा सांस्कृतिक परिवर्तनको लागि प्रयास गर्दैनन् । उनीहरु यथास्थिति र जडसुत्रमा बिश्वास गर्छन् । जबकि परिवर्तनकारी नेताहरु संगठनात्मक संस्कृति परिवर्तन गर्नको लागि हरदम–हरकदम प्रयासरत रहन्छन् । नेत्रृत्व भनेको पार्टीको नक्शा कोर्ने ब्यक्ति हो ।

जसको डिजाइन हेरेर जनता लगानि गर्न प्रेरित हुन् । बिकासका बिबिध आयामहरू लाई प्रस्ट दृष्टिकोण सहित उतार्न सक्ने क्षमता नेत्रृत्व कौशल हो । नेताले कोरेको रेखाचित्रमा काहि कतै छल–छाम नौटंकी नभई निस्वार्थ तथ्य र प्रमाणहरुको दस्तावेज होस् । नेत्रृत्वको खोजी गर्नेहरु यतिखेर २०४६ पछि कुकिर्त्य गरेर देश डुबाउने उपर धाबा बोल्ने प्रति एकत्रित छन्। नेतृत्व खोजी नेतृत्व प्रतिको दृष्टिकोण हो । जुन व्यक्तिगत र सामाजिक प्रणालीमा परिवर्तन ल्याउने कारक तत्व बनोस् । यसको आदर्श रूपले नेताहरुको अनुयायीहरुको विकास गर्दै बिकासका लक्ष्य र बाटाहरु पहिल्याउन मार्ग प्रसस्त गर्न सकोस् । जसमा, नेताहरु र अनुयायीहरु एक अर्काका परिपूरक, मनोबल र प्रेरणाका आधार, एक उच्च नैतिक मूल्य पद्धतिमा चल्ने साहस, बिश्वास र समझदारी राख्दै बिकासका साझेदार हुने अवसर सिर्जना गर्न सकुन् । अघिल्लो पंतिमा आउने नेत्रृत्व बिसुद्द कामको महत्त्व, नैतिकता र समर्पणको आधारमा छानिनु जरुरी हुन्छ । नेता परिवर्तनकारी छ भने, अनुयायीहरुमा विश्वास, प्रशंसा, वफादारीता र नेताको लागि सम्मानको भावना जागृत हुन्छ । अपेक्षा गरे भन्दा बडी मेहनत गर्नको लागि कार्यकर्ता तमतयार हुन्छन् । नेत्रृत्वको खोजीले प्रेरणादायी लक्ष, समय सापेक्ष दर्शन सँगको आवद्दता र मौलिकताले अनुयायीहरुमा आदर्श प्रभाव पर्न जान्छ । उक्त बौद्धिक उत्तेजना यथास्थिति लाई चुनौती दिने बलियो अस्त्र हुनगई समाज बिकासको आधार बन्न जान्छ ।

अब लागौ, नेपालको वर्तमान अबस्थामा नेत्रृत्व पलायन र नेत्रृत्वको खोजी सम्बन्धको एउटा उदाहरण तिर… अहिले मौलाएका स्वतन्त्रहरु लाई भोट दिएर के हामीले नेत्रृत्व प्राप्त गर्न सक्छौ ? उदाहरणको लागि रबि लामिछानेको पार्टी लाई के आधारमा विश्वास गर्ने की यसबाट परिवर्तन सम्भव छ ? व्यक्तिको प्रशिद्धि मात्रै मापदण्ड हो ? हामी सबैका मान्छे हुने खालका परिचित अनुहारहरु देखिन्न त सँगै ? बिगतको विबेकसिल साझा जस्तै पाठ पड्ने त कतै होइन ? कति ठुलो चुनौती छ यहाँ ! हो हामी लाई देशको स्रोत र साधनको सहि सदुपयोग गर्ने नेत्रृत्व आबश्यक छ । देशको जलबिद्युत बेचेर आधुनिक कृषि र पर्यटनमा लगानि अभिबृद्दी गर्ने नेत्रृत्व चाहिएको छ । बिधुतशक्ति लाई हाइड्रोजन इन्धनमा परिवर्तन गरेर नेपाललाई ग्रीन एनर्जीको केन्द्र बनाउने नेताको टड्कारो खाँचो परिसक्यो । नेपाललाई हिन्दुहरुको धार्मिक एवम् पर्यटकीय देश बनाएर सम्रिद्द नेपालको खाका कोर्ने नेत्रितोको जग निर्माण गर्नु पर्ने समय खस्किदो छ । यतिखेर नेपालीहरु बिश्वभरिका मानिसहरु हाम्रो प्रकृति चुम्न लालाइत भई भिसा लिन लाइन बस्नुपर्ने बातावरण बनोस् भन्ने चाहिरहेका छन् । प्राक्रितिक जडिबुटीका माध्यमबाट औषधी उपचार हुने शान्तिभुमी निर्माण गरिदिने क्षमतावान् उर्जाशील नेत्रृत्वको खोजी भैरहेको छ यहाँ । हो कुराहरु हामीले जानेका छौ । तर, पहल कसरी सम्भव छ ? श्रीलंकामा जस्तै, घर घर बाट बस्ति–बस्ति बाट उठेर देश लाई कंगाल–हरिबिजोग बनाउने नेता र त्यसका चम्चा लेनदेनकर्ताहरु लाई सार्बजनिक कारबाही गर्नुपर्ने हो कि ? भ्रस्टाचार नियन्त्रण र देशलाई बेथितिबाट मुक्त पार्न अरब स्प्रिङ जस्तै आन्दोलनको पर्खाईमा हो कि हामी ? अथवा हामीले पढ्ने पाठ्यक्रममै नेत्रृत्वेको बिशेषताका बारे गहिरो अध्ययनको जग बसाल्दिने हो भने पनि भाबि पुस्ता लाई नेत्रृत्वेले जालसाँजी गर्न गार्हो पर्ला की ?

आखिर नेत्रृत्वको खोजी लोकतन्त्रको जग हो । जसमा राजनीतिकदलहरु प्रति जनताको विश्वास अन्य राज्यका संस्थाहरु भन्दा निकै बडी हुन्छ । नेताको भूमिका राष्ट्रको आवश्यकताहरु पुरा गर्नका लागि हो। जसले एक संरक्षक वा कोचको रूपमा कार्य गर्न सकोस् । जनताको चिन्ता र आवश्यकताहरुलाई सुन्ने र तत्काल कार्यान्वयनमा लाने नेताले सहानुभूति र समर्थन सँगसँगै पाउँछ । अनुयायीहरुको अगाडि चुनौतीहरु पस्कने र समाधानका लागि सहभागितामूलक छलफल अगाडि बढाउँने व्यक्ति परिवर्तित सन्दर्भको नेता हो । चुनौतीको सामना गर्न सक्ने व्यक्ति, देश काल परिस्थिति अनुरुप आफुलाई उभ्याउने व्यक्ति आजको आवश्यकता हो । रचनात्मकतामा विश्वास गर्ने, अप्रत्याशित परिस्थितिहरु सँग मुकाविला गर्ने सक्ने प्रेरणादायी दृष्टिकोण भएको व्यक्ति परिवर्तनको संवाहक हुन्छ । प्रेरणादायकको प्रेरणाले चुनौती संग लड्ने, भविष्यका लक्ष्यहरूको बारेमा आशाको संचार गराउने कार्य कार्यकर्ताको हो । नेतृत्वको आदर्श प्रभावले उच्च नैतिक व्यवहारको लागि कार्यकर्ता पनि एक रोल मोडल हुन सक्नु पर्छ ।

तसर्थ, टालटुले समाधानको राजनीति गरेर बसेकाहरुबाट यो देशमा नेत्रृत्व परिवर्तन सम्भव छैन । परिणाममुखी प्रतिफल ल्याउने नेत्रृत्वको खोजी आजको आवश्यकता हो । पार्टीमा स्वार्थ केन्द्रित समूहको अबिष्ठ पुरा गरेर , निःस्वार्थ संकल्प समूहको जन्म हुनसक्दैन । पार्टीलाई रुग्ण बनाउनेहरुको थुप्रो बाट पार्टिहरुले काँचुली फेर्ने सक्दैनन् । पार्टी लाई निर्जीव–अदूरदर्शी बनाउनेहरुको जन्जाल बाट जीवन्त र दूरदर्शि बनाउनेहरुको समूहहरुमा लिएर नगएसम्म नेत्रृत्व परिवर्तनको उर्जा प्राप्त हुनसक्दैन । सामूहिक नेतृत्वको भावना, विधि प्रधान, नीति प्रधान नेत्रृत्वको टड्कारो आवश्यकता भैसकेको छ । गुट प्रधान फुटहरू हाबी हुदै गइरहेको वर्तमान परिस्थितिमा संस्था प्रधान राजनीति आजको आवश्यकता हो । पलायनबादीहरु लाई पलायन गरिदिनु जरुरी छ । अल्छि–लम्पटहरूको कोठे राजनीति लाई सक्रिय संकल्प र दृढ अठोटहरूको राजनीतिले उत्साइत पार्ने गर्दछ । परिवर्तन बिरोधी भ्रष्टहरूको चंगोलबाट असल शासकहरुको कानुनी राज्य स्थापित गर्न सकेमात्र समृद्धिको सपना साकार पार्न सकिन्छ । मत किन्ने परम्पराको अन्त्य गर्दै मत माग्ने परम्पराको थालनी आजको राजनीति हो । द्वेष, विभाजनको राजनीतिबाट मुक्त हुन , सहकार्य,एकता र मेलमिलापको राजनीतिको आवश्यकता पर्ने हुँदा नयाँ नेत्रृत्वको खोजी नै यसको अन्तिम बिकल्प हो । पार्टीमा अतिवादको अन्त्यका लागि समृद्धि र मध्यमार्गी धारबाट मात्र परिवर्तन सम्भव छ । चूनाउँ लड्ने र जित्ने मात्र लक्ष लिनेहरु पलायनवादमा बिश्वास गर्छन् । पद, भूमिका र जिम्मेवारी वहन गर्ने राजनीतिबाट मात्र परिवर्तन सम्भव छ ।

जनताको माघ गठबन्धनको राजनीति भन्दा पनि पार्टीको आफ्नै बाहुबुताको राजनीतिको छ । नाराको राजनीति भन्दापनि निष्ठाको राजनीतिमा जनअपेछ्या देखिन्छ । अलमलमा परेका राजनीतिक पार्टीहरु लाई किन्चित पनि भोट नदिने संकल्पमा जनताहरु जिम्मेबारी पुर्वक बसिरहेको बर्तमान घडीमा खोक्रो आश्वासनमा विश्वास गर्ने दिनहरु समाप्त भए भन्ने बुझ्नु पर्यो । तसर्थ, राजनीतिक, नेत्रृत्व के हो भन्ने कुरा रक्तसंचार नै नभएको राजनैतिक जीवनहरूको थुप्रो बर्गेल्ति छरिएको देशमा, जनताप्रतिको प्रतिज्ञा महसुस नभएको राजनैतिक दलहरुका जमातमा नेता र पार्टीहरु प्रति मोहभंग हुनु स्वभाविकै हो। जबसम्म नेपालका नेताहरुले आफ्नो अहंकार र दम्भको सहज व्यवस्थापन गर्दैनन् । संविधानमा निर्धारित प्रतिस्पर्धाका नियमहरूको पालनामा अंकुश लगाइनै रहन्छन् । युवा पुस्तालाई नेतृत्वमा सहज पहुँच सुनिश्चित गर्दैनन ्। यो देश भगवान भरोसे चलिनै रहनेछ । नेत्रृत्व पलायन रोकिन गई नेत्रृत्वको खोजी बन्द हुन जान्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *