फोहोरको राजनिती बन्द गर्नुपर्छ


काठमाडौँ । फोहोरमा राजनिति गर्न बन्द नगरून्जेल काठमाण्डौ बासीले स्वच्छ सफा काठमाण्डौको परिकल्पना खाली योजना र सपनामा मात्र सुन्न पाउँछन । सारा काठमाण्डौ बासीले साथ र सहयोग नगरून्जेल फोहर सम्बन्धि कुनै पनि योजनाहरू सहि ढंगले कसैले पनि लागू गर्नै सक्दैनन् । त्यसैले फोहोरको ब्यबस्थापन प्रत्येक काठमाण्डौ बासीले आ–आफ्नो घर कोठा बाट नै ब्यबस्थापन गर्न सुरू गर्नु पर्दछ, भान्साबाट निक्लने फोहर छुट्टै,पुनः प्रयोगमा ल्याउन सक्ने फोहर छुट्टै र कामै नलाग्ने फोहर छुट्टै छानेर घर कोठाबाट नै बाहिर निकाल्यो भने मात्रै सरकारी निकायले त्यस्ता फोहरहरू उठाएर उचित ब्यबस्थापन गर्न सक्छन ।

जनताले समाज र देश प्रतिको आफ्नो दायित्व र कर्तव्य घर घर कोठा कोठा बाट जब पुरा गर्न सुरू गर्दछ तब जनता आफैले स्वच्छ सफा काठमाण्डौलाई भोग्न पाउँछन । नत्र त सँधा जसो सरकार र नेतृत्वलाई धारे हात लगाई गालि मात्रै गरेर काठमाण्डौ बासीले फोहरको थुप्रो भित्रै जिवन ब्यतित गरिनै रहनु पर्नेछ । जन जिवन र बानि परिबर्तन हुन समय लाग्ने र सचेतनाको कमिमा हुने गल्तिहरूलाई सुधार्नको लागि प्रत्येक घर घरमा छुट्टा छुट्टै फोहर ब्यबस्थापन सम्बन्धि सचेतना पुर्याउनु पर्दछ ।

यसका लागि हरेक वडाहरूले आफ्नो वडा भित्र रहेका सामाजिक संस्था,क्लब,गुठी वा अन्य समुहरूलाई परिचालित गरी घर घर कोठा कोठा बाटै कसरी फोहर ब्यबस्थापन गरी बाहिर निकाल्ने भन्ने सचेतना,तालिम र अन्य गर्न सक्ने चेतनामुलक कुराहरूलाई जन जन र घर घर पुर्याउन लगाउनु पर्छ। हरेक बिद्यालय र कलेजहरूमा पनि बालबालिकाहरूलाई फोहर ब्यबस्थापन सम्बन्धि बिषयमा जानकारी दिन हप्ताको एउटा छुट्टै कक्षा संचालन गरी ब्यबहारिक तालिम दिंदै शिक्षित अनि बानि बसाल्दै लानु पर्दछ । हामी नागरिकले कमसे कम आफ्नो दायित्व र कर्तव्यको पालना गरिदियौं भने फोहर ब्यबस्थापनको आधा काम हामीले नै आफ्नै घर आँगनबाट गर्न सक्छौ र बाँकि आधा काम सरकारले त्यसको उचित ब्यबस्थापन गरेर गर्न सक्छ । नागरिक र सरकारी निकाय दुबै तर्फको हातेमालो बिना फोहरको समस्या हल हुन निक्कै कठिन हुन्छ र जैले समस्या जस्ताको तस्तै भईनै रहने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *