चौधरी फाउन्डेसनद्वारा २ सय ३६ बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण


चौधरी फाउन्डेसनले सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले संकल्प सि.बि.आर. नेपाल, करुणा फाउन्डेसन र एसिया प्यासिफिक अलाइन्ससंगको सहकार्यमा २ सय ३६ घरधुरीलाई खाधान्न सहित आवश्यक सामग्री वितरण गरिएको हो । बाढि कटान क्षेत्र बराहक्षेत्रको वडा नम्बर ३ र ६ को ११६ घरधुरी लाई खाधान्न सहित झुल र टर्च लाईट वितरण गरिएको थियो ।
बराहक्षेत्रको सहयोग वितरण कार्यक्रममा सुचना तथा संचारमन्त्रि ज्ञानेन्द्र बहादुर कार्की, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, चौधरी फाउन्डेसन प्रदेश १ को–अर्डिनेटर पुण्यप्रसाद लुइटेल लगायतको सहभागिता रहेको थियो । यस्तै उदयपुरको बेलाका नगरपालिका वार्ड ३ र ९ मा पनि बाढिबाट प्रभावितहरुलाई राहत वितरण गरिएको छ ।
बेलाकाको राहत वितरण कार्यक्रममा वडाअध्यक्ष तथा सहयोगी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वितरण गरिएको राहतमा प्रति घरधुरी २५ किलो चामल, २ किलो दाल, २ किलो चिनी, १ किलो नुन, २ लिटर खाने तेल, २ प्याकेट बेसार, सुपानेट झुल १ थान, इलेक्ट्रिक टर्च लाइट १ थान र साबुन ६ थानका दरले प्रदान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *