प्रभु बैंक र सीता प्यालेस होटलकाबिच सम्झौता


प्रभु बैंक लिमिटेड र सर्लाही स्थित सीता प्यालेस होटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटउहरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता प्यालेस होटलकातर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरे । प्रभु बैंक र उक्त होटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक ले सीता प्यालेस होटलद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उतm सम्झौता अन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहनुहुने बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,सीता प्यालेस होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुुने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *