पञ्चकन्या ग्रुपद्वारा हिमाल आरोणका लागि सहयोग


काठमाडौं । पञ्चकन्या ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा हिमाल आरोणका लागि डा. प्रिती भुसाललाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मनासलु हिमाल र आमादबलम हिमाल आरोहणका लागि भुसाललाई उक्त आर्थिक सहयोग गरिएको पञ्चकन्या ग्रुपले जनाएको छ ।
पञ्चकन्या ग्रुपका अनुसार भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी उक्त शिखर आरोहण गर्ने प्रथम महिला डाक्टरको कीर्तिमान समेत राख्न सफल भएकी थिइन् ।
कार्यक्रममा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ र कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले चेक तथा पञ्चकन्या ग्रुपको लोगो अंकित व्यानर हस्तान्तरण गरेका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हिमाल आरोहण गर्ने विभिन्न क्षेत्रका महिला टिमलाई सहयोग गर्दै आएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *