एनसीसी बैंकका ग्राहकलाई मनकामना अस्पतालमा छुट


काठमाडौं । एनसीसी बैंक र भरतपुरमा अवस्थित मनकामना अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा ओपिडी चेकअप एण्ड इन्भेस्टिगेसन इन्डोस्कोपी, एक्सरे, युएसजी, प्याथोलोजी टेष्ट, जेनेरल वार्ड र क्याबिन बेड चार्जमा १५ प्रतिशत र ओटीचार्ज, सिटीस्क्यान, आइसियु, एनआइसियु, एचडियुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *