जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् ।

जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *