अछाम बाढीपहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

अछाम । अछाममा शुक्रबार रातिदेखि परेकाे अविरल वर्षासँगै आएकाे बाढी तथा पहिरोबाट ज्यान गुमाउनकाे संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

ज्यान गुमाउनेहरूमा कमलबजार नगरपालिका वडा नम्बर ७ ठाँटीखाँदका सात जना, वडा नम्बर ८ मा पाँच जना, तुर्माखाद गाउँपालिकाका चार जना र ढकारी गाउँपालिकाका एक गरी १७ जना पुगेका छन् ।

बाढी पहिरोमा परी अझै ६ जना बेपत्ता रहेको उनको भनाइ छ । बाढी पहिरोमा घाईते भएका ११ जनालाई नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरी सुर्खेत पाठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । बाढी तथा पहिरोमा परि बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *