वर्तमान राजनीतिबारे एक टिप्पणी

काठमाडौँ । शेर बहादुर देउवा अहिले नेपालको प्रधानमन्त्री अनि पूरानो र लामो ईतिहास बोकेको नेपाली काँग्रेसको सभापति पनि हुन् । उहाँ एक प्रशिद्ध ख्याति प्राप्त नेताहुन जो सत्तामा टिक्नका लागि जे-पनि गर्न पछि पर्दैनन् भन्ने दूषित र विकृत ईतिहास यीनले बनाउँदै आएका छन् ।

नेपालमा प्रजातन्त्रको पुनःस्थापना पछि आफू प्रधानमन्त्रीमा टिकिरहनका लागि साँसद खरिद-विक्री गर्ने र जम्बो मन्त्रीमण्डल बनाउने घृणित ईतिहास बनाएका यिनले फेरि पनि प्रधानमन्त्रीमा रहिरहन अनि फेरिपनि बन्न पाईन्छ कि भन्ने लालसामा पटक-पटक “काँग्रेस-कम्युनिष्ट अपवित्र गठबन्धन” को नाममा कार्यकर्तालाई जनता होइन रैती झैं बनाएका छन् । साथै यिनका हनुमानहरु पनि सहि गलतलाइ छुट्टाउनु सक्दैनन् ।

अब शेर बहादुर देउवाज्युले अर्को ईतिहास चाँडै बनाउने अभियानमा अघि बढेका छन्, त्यो के हो भने,”जुन पार्टीको सर्वोच्च तह सभापतिमा रह्यो, त्यही पार्टीलाई पत्तासाफ बनाउने र विघटन गर्ने छन् ।” पार्टी भित्रको हनुमन्ते शैली बिकास गर्नेछन ।

पशुपतिनाथले नेपाली काँग्रेस बचाउनका लागि सबै सच्चा काँग्रेसीहरूलाई पार्टी भित्र सङ्घर्ष गर्ने अनि बि.पि को लोकतान्त्रिक समाजवादको शिध्दान्त र बिचारलाई जनजनमा पुर्‍याउन र काँग्रेसको ईतिहासलाई बचाई राख्ने शक्ति देऊन,
न भए कांग्रेसको समाप्ति भारतीय कांग्रेसको जस्तो न होला भन्न सकिदैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *