सन नेपाल लाइफ इन्स्योरेन्सको पाचौँ वार्षिकोत्सव


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५ सय ८ प्रिन्ट रगत संकलन गरेको छ ।
त्यस्तै विभिन्न अस्पताल र फरक क्षमता भएका बालबालिकाहरूलाई फलफूल तथा न्यानो कपडा पनि वितरण गरेको छ । साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १ हजार भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *