ग्लोबल आइएमएईको मुद्दती खातामा दुई वर्षमै डब्बल रकम फिर्ता


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दति योजना’ सार्वजनिक गरेको छ ।
यस मुद्दती निक्षेप योजना अन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् । यस योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ । यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रहेको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *