सिद्धार्थ बैंकबाट अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यासब्याक


काठमाडौं । सिद्धार्थ बैंकले दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले असोज ८ गतेदेखि लागु हुने गरी उक्त योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले यहि आश्विन ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम २०० रुपैयाँ) क्यास ब्याक पाउन सक्ने छन् । यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *