नेपाल इन्स्योरेन्सको ७५औं वार्षिकोत्सव सम्पन्न


काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७५औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले प्रधान कार्यालय कमलादीमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७५ वर्षदेखि उत्कृष्ट बीमा सेवा निरन्तर रुपमा दिई आएको दावी गरे । उनले आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पुर्याउने सम्पूर्ण सरोकारवालाहरुमा आभार व्यक्त गरे । यसै अवसरमा आफ्नो जीवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक र कदरपत्र प्रदान गरियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ छ । कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय सहित ५९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको छ । साथै, आगामी दिनमा आवश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई विस्तार गरी ग्राहकको आवश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई कम्पनीका सबै काम कारवाहीहरुलाई पूर्ण व्यवसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै जाने प्रण गरेको कम्पनीले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *