कुमारी बैंकले घोषणा गर्यो साढे १२ प्रतिशत नगद लाभांश


काठमाडौं । कुमारी बैंकले शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोेषणा गरेको छ । असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट चुक्ता पुँजीको साढे १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको हो । बैंकले बोनस शेयर भने घोषणा गरेको छैन
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ । कुमारी बैंक एनसीसी बैंकसँग मर्जरको प्रक्रियामा रहेकोले हाल सेयर कारोबार भने रोक्का नहुने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, साधारणसभाको मिति पनि हाललाई तय भइसकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *