प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता


प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट इन्टरनेशनल कलेजका बीबीए डाइरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका छन् । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्नेगरी सो आपसी समझदारी पत्रमा सम्झौता भएको हो ।
सो सम्झौता अनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बीबीए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटलले शेयर बजार सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिनेछ । साथै कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने लगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने सम्झौता भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *