नेपालमा डेंगु संक्रमितको संख्या ३३ हजार ९७५, ४४ जनाको मृत्यु

काठमाडौं । डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो । यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ । हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ । यो संख्या हालसम्मकै उच्च हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *