भोलीदेखि टिभिएसको एक्सचेन्ज मेला, १० लाखसम्मको नगद छुट


काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला आयोजना गर्ने भएको छ । भोलीबाट कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यस मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने छन् ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा पाउने छन् । बजार मुल्याङ्कनभन्दा ७ हजार बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट । यो योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ , जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २ सय ७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिनेछ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् । जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *