आजको विदेशी मुद्रा बिनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको विक्रीदर १३२.०८ रुपैयाँ पुगेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड राख्दै आएको छ । युरो १ को विक्रीदर १२९.७४ पैसा, अष्ट्रेलियन डलर ८३.१५ पैसा, क्यानेडियन डलर, १ को विक्रीदर ९५.९३ पैसा, जापानी येन १० को ८.८६ पैसा रहेको छ ।

यस्तैगरी चाइनिज युआन १ को १८.२६ पैसा, साउदी रियाल १ को विक्रीदर ३५.१६, कतारी रियाल १ को विक्रीदर ३६.२८ पैसा रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *