सुनको मूल्य तोलामा ९३ हजार ४ सय रुपैयाँ

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *