प्राइम लाइफ इन्स्योरेन्सको १३.६८ प्रतिशत लाभांश घोषणा


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷२०७८ को नाफाबाट सेयरधनीहरुलाई १३.६८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷०७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत अर्थात् ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरका बोनस सेयर र ०.६८.४२ प्रतिशत अर्थात् १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद गरी कूल १३.६८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *